Understanding Mental Health Course Poster

मानसिक स्वास्थ्यको परिचय

वर्तमान स्थिति
भर्ना गरिएको छैन
मूल्य
नि: शुल्क

मानसिक स्वास्थ्यका बारेमा छोटो कोर्स

मानसिक स्वास्थ्य बारे आधारभूत जानकारी दिने यो छोटो कोर्समा स्वागत छ। यस कोर्समा तपाईँले मानसिक स्वास्थ्य, मानसिक बिमारी, मानसिक स्वास्थ्यसम्बन्धी व्याप्त रहेका भ्रम र तिनका यथार्थ तथा केही महत्त्वपूर्ण तथ्याङ्कहरू जस्ता विषयहरूको आधारभूत जानकारी पाउनुहुनेछ।  

यो कोर्सको भिडियो नेपाली भाषामा छ। यद्यपि भिडियका सबटाईटल तथा लिखित सामग्रीहरू नेपाली तथा अंग्रेजी भाषामा पनि प्रदान गरिएको छ। सबै सामग्रीहरू समाप्त गरेपछि र अन्तमा क्विज पूर्ण गरेपछि, तपाईं प्रमाणपत्र प्राप्त गर्न योग्य हुनुहुनेछ।  

हामी आशा गर्दछौं कि यो मिनी कोर्सले तपाईलाई मानसिक स्वास्थ्य, मानसिक रोग र मानसिक स्वास्थ्यको ख्याल राख्ने अवधारणाको बारेमा बुझ्नको लागि धेरै सहयोगी हुनेछ। यो पाठ्यक्रम लिन सुरू गर्न समय लिनु भएकोमा फेरि धन्यवाद।

प्रशिक्षकको बारेमा

Sujan Shrestha

श्री सुजन श्रेष्ठ हाल सेन्ट जेभियर कलेजमा पूर्ण-समय पढाउनुहुन्छ । उहाँ मानसिक स्वास्थ्यको प्रबर्द्धन र नेपालमा मनोविज्ञानको क्षेत्र अभिवृद्धि गर्ने क्षेत्रमा पनि कार्यरत रहनुभएको छ । वहाँको प्राथमिक रुचि शिक्षा र अनुसन्धानमा कार्य गर्ने रहेको छ। यसका साथै वहाँ युवा मा आधारित रहेर मानिस स्वास्थ्य सम्बन्धी कार्य गर्ने संस्था - साईक विज्ञान नेपाल नेटवर्कका स्थापक पनि हुनुहुन्छ । साइकविज्ञान नेटवर्क नेपाल, जसले नेपालमा मानसिक स्वास्थ्य र मनोविज्ञान लाई बढावा दिन्छ।

पहुँचयुक्तता सम्बन्धि जानकारी

यस कोर्समा रहेका सबै भिडियोहरूमा नेपाली सांकेतिक भाषाको प्रयोग गरिएको छ । यसका साथै भिडियोमा नेपाली र अंग्रेजी भाषामा क्याप्शनहरू उपलब्ध छन्। यसै गरी, हरेका पाठका लिखित सामाग्री नेपाली र अँग्रेजी भाषामा नै पढ्न सकिने छ । 

लर्निंग ईन्क्लुजन वेबसाइट अपाङ्गता भएका व्यक्तिहरूका लागि पुर्णरूपमा पहुँचयुक्त छ ।

प्रमाणपत्र:

पाठ्यक्रम र क्विज पूरा गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ।

योगदानकर्ताहरू:  

  • प्रशिक्षक: श्री सुजन श्रेष्ठ(साईक विज्ञान नेटवर्क नेपाल सँगको सहकार्यमा) 
  • प्राविधिक सल्लाहकार: श्री सागर प्रसाई,डाईभर्स प्यार्ट्रन्स्  
  • लिखित सामाग्री निर्माण : निर श्रेष्ठ  
  • क्याप्शन र सम्पादन: प्रिस्टिना धाख्वा
  • सांकेतिक भाषाका दोभाषे: प्रकाश महर्जन