Cover of Making Documents Accessible Course. a lady in a wheelchair is using a laptop, another lady is sitting in a chair opposite of her and a man and a woman are standing in between them

डिजिटल पहुँचयुक्तता - सबैको लागि पहुँचयुक्त डकुमेन्ट कसरी बनाउने?

वर्तमान स्थिति
भर्ना गरिएको छैन
मूल्य
नि: शुल्क

सबैको लागि पहुँचयुक्त डकुमेन्ट: परिचय

डिजिटल पहुँचयुक्तता अन्तरगतको अनलाइन कोर्स - सबैको लागि पहुँचयुक्त डकुमेन्ट कसरी बनाउने? मा यहाँहरूलाई स्वागत छ ।

यस कोर्समा हामी डकुमेन्ट, टेवल र प्रेजेनटेशनहरूलाई सबै प्रयोगकर्ताहरू (अपाङ्गता भएका व्यक्तिहरू समेत) को लागि पहुँचयुक्त कसरी बनाउन सकिन्छ भनेर सिक्ने छौं । यसका लागि हामी विशेषगरी माईक्रोसफ्ट वर्ड, एक्सेल र पावरपोईन्ट तथा गुगल डकुमेन्ट्स, सिट्स तथा स्लाईड्स को प्रयोग गर्ने छौं ।

जब हामी पहुँचयुक्त डकुमेन्ट्सको कुरा गर्छौ, त्यो भन्या खासमा के होला त? के तपाईंलाई थाहा छ? यसको मतलब यो हो कि, हामीले सिर्जना गरेको डिजिटल कागजातहरू अपाङ्गता भएका व्यक्तिहरू सहित सबै प्रयोगकर्ताहरूले बुझ्न, चलाउन तथा प्रयोग गर्न सक्छन् । कम्प्युटरहरू प्रयोग गर्न, अपाङ्गता भएका व्यक्तिहरूले अतिरिक्त डिभाईसहरूको प्रयोग गर्न सक्दछन् र ती उपकरणहरूले हाम्रो डकुमेन्ट डिकोड गर्न र पढ्न पनि सक्षम हुनुपर्दछ।

यसरी हेर्दा, यो लाग्न सक्छ कि पहुँचयुक्त डकुमेन्ट तयार गर्न अति नै जटिल छ। तर त्यसो होइन। यदि सबै डकुमेन्टहरू तयार गर्दा केहि सरल नियमहरूको पालना गरिएमा, ती डकुमेन्टहरू आफै सबै प्रयोगकर्ताहरूको लागि पहुँच योग्य हुन्छन्। र यो कोर्समा हामी ती नियमहरूको बारेमा जान्ने छौं।

यो कोर्स पूरा गरेपछि, तपाईले :

कोर्स प्रशिक्षक

श्री सागर प्रसाई एक पहुँच योग्य टेक्नोलोजी उत्साही हुनुहुन्छ। वहाँले यस क्षेत्रमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा नै सात वर्ष भन्दा बढि कार्य गरिसक्नुभएको छ । हाल, उहाँ आफ्नो कम्पनी, डाईभर्सन प्याट्रर्न्स् मार्फत समावेशीता र विविधतामा दिगो प्रभाव पार्ने काम गर्दै हुनुहुन्छ।

सहयोग

यो डिजिटल पहुँच अनलाइन कोर्स अष्ट्रेलिया सरकारको वित्तीय समर्थन संग डिजाइन गरिएको छअष्ट्रेलिया पुरस्कारपूर्व छात्र अक्षमता पहल अनुदान, २०१ and र यसको टेक्निकल समर्थनको साथविविध पैटर्न PVT। LTD

कोर्स क्रेडिट

  • प्रशिक्षकr: सागर प्रसाई
  • पाठ सामग्री निर्माता / अनुवाद: निर कुमार श्रेष्ठ
  • भिडियो क्याप्शन: कीर्तन श्रेष्ठ दुवाल, प्रमिला श्रेष्ठ, लक्ष्मी खनाल
  • सांकेतिक भाषा को दोभाषे: प्रकाश महर्जन

कोर्स सामग्री

सबै विस्तार गर्नुहोस्
पहिला पाईलाहरू
जग तयार गर्ने
सिकेको ज्ञानलाई लागु गर्ने
अन्त्य र अर्को चरणहरू